News Category 2074/04/22

न्याय माग्दै पीडित नाबालिका

दैनिक समाचारदाता

राजविराज÷सप्तरीमा एक बालिका बलात्कृत भएकी छिन् । गाउँगोरु चराउने क्रममा उनलाई दुई नाबालकले नै बलात्कार गरेको पीडित बालिकाले जानकारी दिएकी छिन् । 
नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पीडितकी आमाले गरेको पत्रकार सम्मेलनमा छोरीलाई न्याय दिलाउन सम्पूर्ण सरोकारवालाहरुसँग अपील समेत गरेकी छिन् । 
ती बालिकालाई १४ र १५ वर्षका दुई नाबालकले बलात्कार गरिरहेको भिडियोसमेत खिचेर आफ्ना साथी भाईको मोबाइलमा पठाइएको कार्यलाई रोक्न माँग गर्दै पीडितकी आमाले घटनाबारे प्रहरीसमक्ष उजुरी दिएको तर अदालतले दुबै नाबालकलाई २३ हजार धरौटीमा छोडेकोले आफू अन्यायमा परेको दुःखेसो पोखिन् । 
पीडितकी आमाले अदालतबाट धरौटीमा रिहा भएपछि दुबै नाबालकले घरमा गएर विभिन्न प्रकारको मानसिक यातना समेत दिइरहेको आरोप लगाएकी छिन् । उनले दुबैजनालाई बालसुधार गृहमा पठाउनुको साटो अदालतले धरौटीमा रिहा गरेकोप्रति गुनासो व्यक्त गर्दै आफूहरुलाई न्याय दिलाउन सम्पूर्ण सरोकारवालाहरु समक्ष अनुरोध समेत गरिन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट