News Category 2074/04/23

प्रहरी भ्यानमा बम प्रहार, घटनाको मोर्चाले जिम्मा लियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको इलाका प्रहरी कार्यालय कडोरबोना प्रहरीको भ्यानमा बम प्रहार भएको छ । 
शनिबार राती ९ बजेको समयमा दुई किलोमिटर उत्तर पश्चिम श्रीपुर गाउँमा गस्ति गर्न गएको समयमा बा १ झ ७३९२ नम्बरको भ्यानमा बम प्रहार गरिएको हो । 
बम प्रहार भएपनि भ्यानमा सामान्य क्षति पुगेको र कसैलाई कुनै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
यसैबीच सो घटनाको जिम्मा यही साउन ४ गते निर्माण भएको सशस्त्र समूह प्रगतिशिल तराई मुक्ति मोर्चाले जिम्मा लिएको जनाइएको छ । मोर्चाका संयोजक सिजनले स्वतन्त्र तराईको माँग गर्दै सो बम प्रहार गरेको संचारकर्मीहरुलाई जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट