News Category 2074/04/27

खाँडो खोलाको बाँध मर्मत गर्न खोज्दा बाढीमा एक वेपत्ता, बाढीका कारण बाँध भत्कियो, सयौं घर डुवानमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 
खाँडो खोलमा आएको बाढीमा सप्तरीमा एक जना वेपत्ता भएका छन् । सप्तरी सदरमुकाम राजविराज १५ देउरी भरुवास्थित खाँडो खोलामा आएको बाढीले बाँध भत्काउ्रँदै गर्दा सो बाँध मर्मत गर्न गएका राजविराज १५ निवासी ५० वर्षिय डोमी यादव माटोको ढिस्कोले पुरिएर वेपत्ता भएका छन् । 
नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा बाँध मर्मत गर्दा अचानक बाँधको माटोको ढिस्कोले पुरिएर यादव वेपत्ता भएको प्रहरीले जनाएको छ ।
यता नजिकै नेपाली सेनाको टोली खटिएपनि माटोको ढिस्कोले पुरिएका यादवलाई तत्कालै खोजी गर्न सेनाले कुनै तत्परता नदेखाएको स्थानीयहरुको आरोप छ । 
यस्तै वेपत्ता यादवको खोजी कार्य जारि रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभएको छ । 
त्यस्तै बिहीबार बिहानै देखी परेको अविरल वर्षाका कारण राजविराज १ डुमरी शिवथानस्थित खाँडो खोलाको बाँध भत्किएको छ । बाँध भत्किएपछि स्थानियहरु त्रसित भएका छन् भने उक्त क्षेत्र वरिपरि लगाइएको धान खेतमा पानी पसेको छ ।  
बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका १ र ३ सकरपुरा गाउको एक दर्जन घर डुबानमा परेको छ । त्यस्तै सप्तकोशी नदीको बहाव बढ्नपछि जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ७ स्थित मुसहरी टोलका ५५ घर डुवानमा परेका छन् । 
त्यस्तै सोही नगरपालिका १४ डलुवास्थित एक दर्जन बढी घर जोखिममा परेका छन् भने कंचनरुप नगरपालिका ७ स्थित बान्द्रा खोलामा आएको बाढीले बाँध भत्किंदा सोही स्थानीय गणेश विष्ठको पाँच कठ्ठा धानबाली, कपिल खड्काको तीन कठ्ठा जमीनमा पानी पसेर क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट