News Category 2074/05/01

उपराष्ट्रपति पुत्रद्वारा मृतक बालकका परिवारजनलाई सहयोग, तरुण दलबाट समेत आर्थिक सहयोग प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३२ साउन । 
बाढीका कारणले उपचार नपाएका तथा सदगत गर्ने स्थान नपाएर कोशीमा बिसर्जन गरिएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका बालक कमलु सदाका परिवारलाई आर्थिक सहयोग तथा राहतका सामाग्रीहरु दिने क्रम जारी रहेको छ । 
उपराष्ट्रपति पुत्र दिपेश पुन मृतक बालकका परिवारजनलाई बुधबार आफै भेटेर रु. २० हजार नगद र दाल, चामल, नुन, तेल लगायत खाद्यान्न राहत स्वरुप सहयोग गर्नुभएको हो । 
उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेशले बाढी पहिरो पीडितलाई त्रिपाल, भाँडाकुँडा, चामल, चाउचाउ लगायतका सामान पनि सहयोग गर्नुभएको छ । 
यस्तै मृतक बालकका परिवारलाई नेपाल तरुण दलले बाढीमा मृत्यु कमला सदाका परिवारलाई किरिया खर्च वापत २५ हजार रुपैया प्रदान गरिएको छ । 
तरुण दल केन्द्रीय सभापति जितजङ्ग बस्नेतले पठाएको सो रकम एक कार्यक्रम विच तरुण दलका जिल्ला सभापति अर्जुन कुमार यादवले मृतका बुवा फुदन सदा र आमा विमली सदालाई प्रदान गरिएको हो ।
बाढीका कारण बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएको भन्दै उनको परिवारले कोशी नदीमा शव बगाइदिएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट