News Category 2074/05/03

खाजा र पकेट खर्चको रकम संचित गरेर बाढीपीडितका लागि राहत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
नेवि संघका विद्यार्थीहरुले खाजा र पकेट खर्चको केही रकम पैसा संचित गरेर सप्तरीका बाढीपीडित परिवारलाई शुक्रबार खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको छ ।
बाढी प्रभावित राजविराज नगरपालिका १, २, ४, ५, ९, ११ र १५ वडाका ५ सय १० बाढीपीडित परिवारलाई नेवि संघको केन्द्रिय समितिले खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको हो । 
नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले, सहमहामन्त्रीद्वय राजेश रौनियार, परमेश्वर साह, काँग्रेसका युवा नेता इर्शाद अन्सारी, काँग्रेस सप्तरीका क्षेत्रिय सभापति महानन्द यादवलगायतले बाढी प्रभावित क्षेत्रमा पुगि खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेका छन् । 
बाढीपीडित परिवारलाई चामल १० किलो, दाल २ किलो, खानेतेल १ लिटर, बिस्कुट एक कार्टुन, शैक्षिक सामाग्रि, नुन, पानी शुद्धिकरण गर्ने पियुस, बाल्टिन लगायतका राहत वितरण गरिएको हो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट