News Category 2074/05/05

सप्तरीमा थप १३ हजार ५ सय ६५ जनाको मतदाता नामावलीमा नाम दर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ भदौं । 
सप्तरी जिल्लामा थप १३ हजार ५ सय ६५ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । 
यी थप भएका मतदाताहरु अब हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि योग्य हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यद्दपी नाम दर्ता गराएका मतदाताहरुको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समयमा १८ वर्ष पुगेको हुनु पर्ने प्रावधान रहेको छ । 
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार २०७४ साल साउन १ गतेदेखी भदौं ३ गतेसम्ममा ७ हजार ९ सय ८८ पुरुष र ५ हजार ५ सय ७७ महिलाले नाम दर्ता गराएको जानकारी दिएको छ । 
निर्वाचन आयोगले सुरुमा साउन १ देखी १५ गतेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा मात्र नाम दर्ता गराउने समय दिएकोले सो वधीमा २ हजार ९ सय ३१ जनाले निर्वाचन कार्यालमा नाम दर्ता गराएका थिए । तर, पछि निर्वाचन आयोगले सम्पूर्ण स्थानिय तहको कार्यालयबाट पनि नाम दर्ता गराउन थप समय दिएपछि उक्त संख्यामा नाम दर्ता भएको निर्वाचन कार्यालय सप्तरीका निमित्त कार्यालय अधिकारी ओम नारायण झाले जानकारी दिनुभयो । 
जिल्लाको ९ नगरपालिका मध्ये खड्क नगरपालिकामा ९ सय २८, सुरुङ्गा नगरपालिकामा १ हजार ५६, कंकालिनी हनुमाननगर नगरपालिकामा ७ सय, सप्तकोशी नगरपालिकामा १ हजार १ सय ४४, कंचनरुप नगरपालिकामा १ हजार ७०, राजविराज नगरपालिकामा १ हजार ६ सय २०, शम्भुनाथ नगरपालिकामा १ हजार २ सय ३२, बोदेबरसाइन नगरपालिकामा ५ सय ८४ र डाक्नेश्वरी नगरपालिकामा ४ सय २१ जनाले नाम दर्ता गराएका छन् । 
यस्तै ८ गाउँपालिका मध्ये रुपनी गाउँपालिकामा २ सय ९८, छिन्नमस्ता गाउँपालिकामा २ सय ६६, कृष्णासवरण गाउँपालिकामा ४ सय ६२, तिरहुत गाउँपालिकामा १ सय ८७, महदेवा गाउँपालिकामा २ सय, विष्णुपुर गाउँपालिकामा २ सय ३८, बेल्हीचपेना गाउँपालिकामा ७८ र तिलाठी कोइलाडी गाउँपालिकामा १ सय ५० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निमित्त अधिकारी झाले जानकारी दिनुभयो । 
यसअघि स्थानिय तहको निर्वाचनका लागि २०७३ साल फागुन ९ गतेसम्ममा सप्तरीमा १ लाख ७० हजार ७ सय ५५ पुरुष, १ लाख ६० हजार ६ सय ८६ महिला र २१ जना तेश्रो लिङ्गी गरि ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता कायम रहेको निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट