News Category 2074/05/10

बाटोमा पोखरी खनेपछी स्थानियलाई सास्ती

दैनिक समाचारदाता

दैनिक समाचारदाता राजविराज, ९ भदौं । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ स्थित भुर्कीको एक सर्बाजानिक बाटो बीचमा पोखरी खनेपछी आवात जावातमा स्थानियबासीहरुले सास्ती खेप्नुपरेको छ । स्थानिय राजेश चौधरी र शरण चौधरीको नेतृत्वामा बस्ती अगाडी पोखरी खनेपछी स्थानीयहरुलाई आवात जावात गर्न सास्ती खेप्नु परेको हो । बाटोमा पोखरी नखन्न पटक—पटक आग्रह गर्दा आफैमाथी आई लागेको पीडित ईन्द्रबती थरुनीले बताईन । घर अगाडी पोखरीमा पानी जमेपछी बलबालिका डुब्ने चिन्ताले चयनले बस्न नपाएको पिडीत सियाराम खंगले दुखेसो पोखेका छन । अनाआबश्यक दुःख दिने नियतले अर्काको घर अगाडी आगनको बटोमा पोखरी खनेर आवात—जावातमा समस्या पारेको सुनाउदै स्थानीय बिन्देश्वर खंगले सार्बजनिक बाटो मास्न खोज्नेलाई कारबाही गरी क्षतीपुर्ती भराउन माग गरेका छन । गत असार ५ गते पोखरी खन्ने समायमा ईलाका प्रहरी कार्यालयमा जानकारी गराउदा समेत प्रहरीले बेवास्था गरेको स्थानीयहरु गुनासो गर्नुभयो । सार्बजनिक बाटोमा पोखरी खन्नेमाथी कारबाही र अबिलम्ब पोखरी पुर्न माग राखी तीन महिना देखी प्रहरी, वडा कार्यालयमा निबेदन दर्ता गराएपनी आलटाल गरेको स्थानीयबासीले आरोप लगाएका छन । यसबारे वडा सचिब भुमीराज ब्लोन तामाङले अबश्यक कारबाहीको लागी बिहिबारै जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरी पठाएको जानकारी दिनुभयो । बाटोमा पोखरी खनेपछी स्थानीय दलित बस्तीका सयौ परिवार बढी समस्यामा परेको स्थानियबासीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट