News Category 2074/05/11

वाढीपीडितलाई विभिन्न संघ संस्थाबाट राहत वितरणमा तिब्रता

दैनिक समाचारदाता

राजविराज÷बाढीले घरबार विहीन भएका पीडितहरुलाई विभिन्न संघ संस्थाहरुले राहत वितरण कार्यलाई तिब्रता दिइरहेका छन् ।
यसै व्रmममा शनिवार विभिन्न संघसंस्थाहरुले जिल्लाको देउरी भरुवा, लौनिया, सकरपुरा, रम्पुरा मल्हनियाँ, छिन्नमस्ता र महदेवाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । 
सरभाईवर्स नेपालले स्थानीय जि.पी.कोइराला पिस एण्ड डेमोव्रmेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका २ सय २५ जना बाढी पीडित परिवारलाई ५ लाख ५५ हजार रकम बराबरको खाद्यान्न, लत्ता कपडा, बाल्टिन, जग, म्याट लगायतका राहत सामाग्री वितरण गरेका छन् ।
सरभाईवर्स नेपालका कार्यकारी निर्देशक जयराम पुरासैनी, जि.पी.कोइराला पिस एण्ड डेमोव्रmेटिभ सेन्टरका अध्यक्ष राम कुमार चौधरी, काँग्रेसका क्षेत्रीय सभापति महानन्द यादव, मानव अधिकार शान्ति समाजका महासचिव उत्तम पुरासैनी लगायतले बाढी प्रभावित क्षेत्रमै पुगी पीडितहरुलाई राहत वितरण गरेका हुन् ।
यस्तै नेपाल फर्मास्युटिकल्स प्रा.लि. जीतपुर वीरगञ्ज परिवार तथा सोही स्थानका समग्र ट्रेड युनियनले संयुक्त रुपमा छिन्नमस्ता गाउँपालिका ५ लोखरमका बाढी प्रभावित २ सय ९ परिवारलाई खाद्यान्न, साबुन र औषधी वितरण गरेको छ । प्रा.लि.की सहायक अधिकृत सावित्री नेपाल, युनियनका अध्यक्ष मनोज कुमार चौधरी, निवर्तमान वडा अध्यक्ष जय प्रकाश ठाकुर, समाजसेवी अजित ठाकुर लगायतले पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । 
यस्तै मातृभूमिका लागि पर्वत सेवा समाज नेपालको सहयोग तथा स्थानीय सेतु सामुदायिक मानव अधिकार मञ्चको संयोजनमा पनि शनिवार जिल्लाको महदेवा गाउँपालिकाका बाढी पीडित १ सय ५ परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत सामाग्री वितरण गरेको छ ।
सहयोगी संस्थाका अध्यक्ष अर्जुन पौडेल तथा स्थानीय संयोजक संस्थाका अध्यक्ष जंग बहादुर सिंह, महिला विभाग प्रमुख आभासेतु सिंह लगायतले बाढी पीडितहरुलाई राहत वितरण गरेका थिए ।
यस्तै नेपाल सरकार, अक्सफाँम नेपाल, डिसिए नेपाल र कोशी पीडित समाजले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ११ इनरुवाका १७० परिवारलाई चामल, मसुरो दाल, चना, सुर्यमुखी तेल, चिनि, नुन लगायतका खानेकुराहरु वितरण गरेको समाजका सुककदेव चौधरीले जानकारी दिनुभयो । 
त्यस्तै नेपाल परिवार दलले समेत सप्तरीका बाढी पीडित परिवारलाई शनिबार राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
यसैगरी सप्तरीको तिलाठी काोईलाडी गाउँपालिका वडा न. १ स्थित बेल्ही टोलका २ सय बाढीपीडित परिवारलाई शनिबार राहत वितरण गरेको छ । 
शेर्पा अस्तुप गुम्बाले सहयोग गरेका राहतका सामग्रीहरु शनिबार संघिय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले बाढीपीडित परिवारहरुलाई प्रति परिवार २५ किलो चामल वितरण गरेको फोरमका नेता नवनित झाले जानकारी दिनुभयो । 
त्यसैगरी नेपाल परिवार दल केन्द्रिय कार्य समितिले सप्तरीको राजविराज नगरपालिका स्थित देउरी भरुवा र हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ८ बेल्हा टोलका बाढीपीडित परिवारलाई शनिबार राहत वितरण गरेको छ ।
देउरी भरुवाका ९५ परिवार बाढीपीडित तथा बेल्हाका ४१ बाढीपीडित परिवारलाई राहत स्वरुप चाउचाउ, बिस्कुट, चुरा, नुहाउने साबुन, झुल, तोलिया, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेको परिवार दलका मो. मोइउद्धिन बब्लु खानले जानकारी दिनुभयो । 
त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितिको तर्फबाट सप्तरीको कृष्णाशवरण गाउँपालिकाका १ सय ३० परिवारलाई राहत स्वरुव लत्ताकपडाहरु वितरण गरेको छ । झण्डै १ लाख ५० हजार मुल्य बराबरको लत्ताकपडाहरु वितरण गरेको संगठनका जिल्ला अध्यक्ष राम नारायण महतोले जानकारी दिनुभयो ।  
सो समारोहमा केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटा, बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईराला, महासचिव रेवन्त गौतम सहितकाहरुको उपस्थितिमा सो राहत वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट