News Category 2074/05/12

पशु स्वास्थ्य शिविरमा ३ हजार ४ सय ५४ पशु चौपायाको उपचार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ भदौं । 
जिल्ला पशु सेवा कार्यालय सप्तरीले जिल्लाको विभिन्न बाढीपीडित क्षेत्रहरुमा पशु स्वास्थ्य शिबिर संचालन गरेको छ ।
नेपाल पारा भेटरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समिति सप्तरी र पशुपंक्षी औषधि व्यवसायी संघ राजविराजको सहयोग तथा जिल्ला पशु सेवा कार्यालय सप्तरीको आयोजनामा बाढी प्रभावित क्षेत्रहरुमा पशु स्वास्थय शिविर संचालन गरिएको हो । 
सो शिविरमा हालसम्म विभिन्न स्थानका ५ सय १३ कृषकका ३ हजार ४ सय ५४ पशु चौपायाहरुलाई चेकजाँच तथा ६ लाख ५० हजारको औषधि समेत वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. अशोक कुमार सिंहले जानकारी दिनुभयो । 
उहाँका अनुसार बाढी प्रभावित क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ को रम्पुरा मल्हनियामा संचालित निःशुल्क पशु स्वास्थय शिबिरमा १ सय ६५ कृषकका ८ सय २२ पशु चौपायाहरुलाई सेवा दिएको तथा १ लाख ५० हजारको औषधि वितरण गरिएको छ । 
त्यस्तै हनुमाननगरमा संचालित पाँच दिने पशु स्वास्थ्य शिबिरमा १ सय ५८ कृषकका १ हजार ३ सय २८ पशु चौपायाहरुलाई चेकजाँच तथा २ लाखको औषधि वितरण गरिएको छ । त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ को डलवा टोलमा १ दिने पशु स्वास्थ्य शिबिरमा १ सय ५० कृषकका १ हजार ३ सय ४ पशु चौपायाहरुलाई चेकजाँच तथा ३ लाखको औषधि वितरण गरेको जनाईएको छ । 
त्यस्तै तिलाठी कोईलाडी गाउँपालिकाको कोईलाडी हाट तथा निमावि स्कुलमा समेत करिब ५ सय भन्दा बढी पशु चौपायाहरुलाई सो स्वास्थ्य शिविरमा चेकजाँच तथा औषधि वितरण गरेको प्रमुख डा. सिंहले जानकारी दिनुभयो ।
सोा पशु स्वास्थ्य शिविरमा पशु कार्यालयका कार्यालय डा. सिंहसहित विश्वनाथ साह, परमेश्वर यादव सहितको १४ जनाको चिकित्सक टोली खटिएका छन् । उक्त पशु स्वास्थ्य शिविरमा बाढी प्रभावित क्षेत्रका कृषकहरु उत्साहपूर्वक शिविरमा सेवा लिइरहको स्थानीयहरुले बताएका छन ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट