News Category 2074/05/28

हतियारसहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
स्थानीय तह निर्वाचनको समयमा प्रहरीले सुरक्षा सतर्कता अपनाएपछि सप्तरीमा प्रहरीले जिल्लाको तिलाठी कोइलाडी गाविसबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हटियाबाट तीनै जनालाई हतियारसहित पक्राउ गरेको जनाएको छ । 
पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरा बस्ने २४ बर्षीय ईश्वर मुखिया, मुखियासँगै रहेका १८ बर्षका महेश मुखिया र वर्ष २५ का उपेन्द्र मुखिया समेतलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
ईश्वरको  साथबाट लुकाई छिपाई बोकेको कटुवा पेस्तोल एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट