News Category 2074/05/29

सुरुङ्गा नगरपालिकामा प्रमुखमा थारु उम्मेदवारबिच कडा प्रतिस्पर्धा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा प्रमुख दलबीच थारु उम्मेदवार चयन गरे पछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
नगरपालिकाको नगर प्रमुखमा तीन ठुला दलसहित मधेश केन्द्रित दलले थारू उम्मेदवारलाई रोजेको छ । कांग्रेसले सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा मुक्तिनाथ चौधरी, माओवादी केन्द्रले हरि नारायण चौधरी, नेकपा एमालेले राम नारायण चौधरी, संघीय समाजवादी फोरमले महेन्द्र चौधरी, राष्ट्रीय जनता पार्टी नेपालले शंकरलाल चौधरी र नेपाल लोकतान्त्रिक पार्टीले गीता चौधरीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । 
थारू मतदाता बाहुल्य रहेको सो नगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक पार्टी, राजपा र संघीय समाजवादी फोरमले नगरपालिकाको प्रमुख पदको लागि थारू उम्मेदवारलाई प्राथमिकता दिएका हुन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट