News Category 2074/05/31

निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतपेटिका सम्बन्धित स्थानमा पुग्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
जिल्लामा स्थानिय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतदान शुरु हुन दुई दिन बाँकी रहँदा निर्वाचन कार्यालयले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् ।
कार्यालयले खटाएका कर्मचारी मतदान स्थल पुगेर मतदान स्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचय पत्र वितरण लगायतका काम थालि सकेका छन् । ९ नगरपालिका र ९ गाउँपालिकाका लागि असोज २ गते समेवार निर्वाचन हुँदैछ ।
यहाँ ८ सय ५६ पदका लागि विभिन्न राजनीतिक दल र  स्वतन्त्र गरी ५ हजार ६ सय ८३ जना प्रतिस्पर्धामा छन् । जिल्ला भर ४ सय ६२ मतदान केन्द्र कायम गरिएको छ । सवै मतदान केन्द्रमा मतपत्र लगायतका आवश्यक सामग्री सहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताउनुभयो ।
उहाँले सवै कर्मचारी मतदान केन्द्रमा पुगेर काम थालिसकेको जानकारी दिए । जिल्लामा २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र कायम गरिएकोछ । जसका लागि २ हजार ७ सय ७६ कर्मचारी खटिएका छन् । 
यता प्रत्येक मतदान स्थल तथा केन्द्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेनाको सुरक्षा रहने गरी सुरक्षा ब्यवस्था मिलाएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । 
नेपाली सेना सहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सूचना विश्लेषण पछि जिल्लाका सवै मतदान स्थल र केन्द्रमा सुरक्षा ब्यवस्था मिलाइएको उहाँको भनाई छ ।
जिल्लाको २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र मध्ये ३ सय २४ मतदान केन्द्र सम्वेदनशील र १ सय ३८ मतदान केन्द्र अति सम्वेदनशील रहेको र सोही अनुसार सुरक्षा ब्यवस्था गरिएको उहाँको भनाई छ ।
सम्वेदनशील रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति सम्वेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित हुने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट