News Category 2074/06/01

राजपाका वडा अध्यक्ष उम्मेदवारको निधन

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको राजविराज नगरपालिका वडा न. १५ देउरी भरुवाका राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बडाअध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार बेलुका असामयिक निधन भएको छ । 
पछिल्लो एक सातादेखि बिरामी हुनुभएका ६१ वर्षीय यादवको आफ्नै घरमा निधन भएको राजपाका सप्तरी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो । हाल राजविराज १५ साबिकको देउरी भरुवा गाविसमा एमालेका तर्फबाट २०५४ सालमा उहाँ निर्वाचित हुनुभएको थियो । 
यसैबिच उम्मेदवारको निधन सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरसँग सम्पर्क गर्दा उहाँले निधन भएका उम्मेदवार वा पार्टीका तर्फबाट मतदान अधिकृतको कार्यालयमा निवेदन परेमा निर्वाचन आयोगमा सो निवेदन बारे जानकारी गराएर निर्वाचनको अर्को मिति तोक्ने जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट