News Category 2070/08/10

सप्तरीको ६ मध्ये ३ क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा एमाले उम्मेदबार बिजयी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० मंसिर । 
संविधानसभा निर्वाचन २०७० मा सप्तरीको ६ मध्ये ३ वटा क्षेत्रमा यस पटक एनेकपा माओवादीले आफ्नो कब्जा जमाएको छ । 
पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाको तीन क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा नेकपा एमालेका उम्मेदबार बिजयी भएका छन् । 
सप्तरीको क्षेत्र नं. १, २ र ३ मा एमाओवादी, ४ मा एमाले तथा ५ र ६ मा काँग्रेसका उम्मेदबारहरु बिजयी भएका हुन् । 
सप्तरी क्षेत्र नं. २ को आज बिहान १० बजे सम्पन्न मतगणना अनुसार एकिकृत मओवादीका उम्मेदबार अशोक कुमार मण्डल “अमर” ले ६०५६ मत प्राप्त गरि बिजयी बन्नुभएको हो । उहाँको निकत्तम प्रतिद्वन्द्व सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह “रामबाबु” ले ५६२४ मत ल्याउनुभयो भने तेश्रो स्थानमा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबार चन्द्र नारायण यादवले ४८३५ मत प्राप्त गर्नुभयो । 
यसअघि सम्पन्न मतगणनाको परिणाम अनुसार सप्तरीको क्षेत्र न. १ मा एमाओवादीका मानपुर चौधरीले ९८४४ मत ल्याई बिजयी हुनु भएको छ भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले ८२४२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेश्रो स्थानमा फोरम लोकतान्त्रिकका हेमराज तातेड्ले ५५४९ मत ल्याउनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालबाट हेमराज तातेड् बिजयी हुनुभएको थियो । 
यस्तै क्षेत्र नं. ३ मा एमाओवादीका उमेश कुमार यादवले  ८७४६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले ६४८७ मत प्राप्त गर्नुभयो । तेश्रो स्थानमा तमलोपाका जयप्रकाश ठाकुरले ४५५३ मत प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा सद्भावना पार्टीका तर्फबाट महेश कुमार यादव बिजयी हुनुभएको थियो । 
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले ८२१७ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले ६९८४ मत प्राप्त गर्नुभयो । फोरम लोकतान्त्रिकका सत्यनारायण यादवले ४३९६ मत ल्याई तेश्रो स्थान प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालकी रेणु कुमारी यादव बिजयी हुनुभएको थियो । 
यस्तै क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरीले ७९५९प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँको निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द न्यौपानेले ७६६३ मत ल्याउनुभयो । फोरम लोकतान्त्रिकका छेदीलाल चौधरीले ६४२३ मत प्राप्त गरि तेश्रो  स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार सदरुल मियाँ हक बिजयी हुनुभएको थियो । 
यस्तै सप्तरी क्षेत्र नं. ६ मा नेपाली काँग्रेसका सुरेन्द्र यादवले ५८८३ मत ल्याई बिजयी हुनु भएको छ । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादवले ५६२३ मत प्राप्त गर्नुभयो । दलित जनजाति पार्टीका मो. इस्लामले ५१५६ मत ल्याई तेश्रो स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालका मृगेन्द्र कुमार सिंह यादव बिजयी हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट