News Category 2074/06/03

प्रमुख निर्वाचन आयुक्तसहित तीन मन्त्रीले गरे मतदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
स्थानीय तहको निर्वाचनमा सप्तरीबाट प्रमुख निर्वाचन आयुक्तसहित तीन मन्त्रीले मतदान गर्नुभएको छ । 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सप्तरीको राजविराज २ राजदेवीटोल स्थित राष्ट्रिय आधारभुत विद्यालय को ‘क’ मतदान केन्द्रवाट मतदान गरेका छन् । 
यस्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले राजविराज १६ स्थित नरेन्द्र मेमोरियल मावी, वातावरण मन्त्री मिथिला चौधरीले राजविराज ५ स्थित पब्लिक विन्देश्वरी मावी र युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले खडक नगरपालिका वडा नं. ८ स्थित भदैया वालक्लवको मतदान केन्द्रवाट मतदान गरेका छन् । 
त्यसैगरी राजबिराज नगरपालिकाबाट राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनीष कुमार सुमनले मतदान गर्नुभएको छ । सुमनले राजविराज स्थित अ‍ेकमावि विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट