News Category 2074/06/03

सप्तरीमा ७६.४२ प्रतिशत मतदान ः निर्वाचन कार्यालय सप्तरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
सप्तरीमा रहेको ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानिय तह सोमबार निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । 
ती स्थानिय तहहरुमा रहेको १ सय ६४ वडामध्ये १ सय ६३ वटा वडामा सोमवार मतदान शािन्तपुर्ण रुपले सम्पन्न भएको हो । 
सम्पन्न निर्वाचनमा कुल मतदाताको ७६.४२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यता मतदान सम्पन्न भएपछि मतपेटिकाहरु सोमबार राती नै सम्बन्धीत स्थानिय तहका केन्द्रहरुमा लगिएको छ भने सर्वदलिय बैठकपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभएको छ । 
यसैबीच राजविराज नगरपालिका वडा नम्वर १५ मा राष्ट्रिय जनता पार्टीका तर्फवाट वडाध्यक्ष पदका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सो वडाको निर्वाचन स्थगित गरी असोज ५ गतेका लागि सारिएको छ ।
जिल्लामा १ लाख ७० हजार ८ सय ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ तेश्रोलिङ्ग गरी कुल ३ लाख ३१ हजार ७९ जना मतदाता छन् ।
यस्तै मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ८ सय ५६ पदका लागि ५ हजार ६ सय ८३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सप्तरीमा २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र मार्फत मतदान भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट