News Category 2074/06/04

तालिम प्राप्त कुकुरद्वारा मतगणना स्थलको निरिक्षण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
सम्पन्न तेश्रो चरणको स्थानिय तह निर्वाचन पश्चात् मतगणना समेतलाई सफलतापूर्वक सम्पन्न गर्न मंगलबारदेखी तालिम प्राप्त कुकुरलाई मतगणना स्थलको निरिक्षणका लागि परिचालन गरीएको छ ।
सप्तरीको राजबिराज नगरपालिकाको मतगणना गर्ने ठाँउको सुरक्षा व्यबस्थालाई कडा बनाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राजबिराजको सप्तरी खेलकुद विकास समितिको कार्यालयमा असोज ५ गते राजबिराज नगरपालिकाको मतगणना गरिने जनाईएको छ । 
सोही क्रममा मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, बरिष्ठ प्रहरी उपरिक्षक बलराम शर्मा पौडेल, प्रहरी उपरिक्षक मुकेश सिँहले लगायतले सप्तरीको राजबिराज नगरपालिका, छिनमस्ता गाउपालिका, बिष्णुपुर गाउपालिका सहितका विभिन्न स्थानको मतगणना स्थलको कुकुर सहितको निरीक्षण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट