News Category 2074/06/05

सप्तरीमा कांग्रेसको अग्रता कायमै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको १८ मध्ये १७ वटा स्थानिय तहको मतगणना कार्य जारि रहेको छ । १८ वटा मध्ये १७ स्थानिय तहको प्राप्त मतपरिणाम अनुसार ६ स्थानमा नेपाली काँग्रेस, ५ संघीय समाजवादी फोरम, तीन स्थानमा एमाले, दुई स्थानमा राजपा नेपाल तथा एक स्थानमा नयाँ शक्ति अगाडी रहेको छ ।
यता १७ वटा स्थानिय तहमा रहेको १ सय ६२ वडा मध्ये २० वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा काँग्रेस ५, राजपा ३, फोरम ३, एमाले ७, माओवादी केन्द्र १, नेपाल लोकतान्त्रिक पार्टी १ वडामा बिजयी भएका छन् । राजविराज नगरपालिका वडा नं. १५ को असोज ५ गते निर्वाचन भएपछि मात्र सोही दिनदेखी मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
पछिल्लो मतपरिणाम अनुसार खडक नगरपालिकामा काँग्रेस १३४५, एमाले १२२५, राजपा १०२२, सप्तकोशी नगरपालिकामा एमाले २२०२, माओवादी केन्द्र ११३२, काँग्रेस ८७१, हनुमाननगर कंकालिनी नगरपालिकामा फोरम १४३३, राजपा ८१९, कांग्रेस २७६, बोदेबरसाईन नगरपालिकामा फोरम ६९८, राजपा ३७२, काँग्रेस २२३, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा काँग्रेस ११८६, एमाले ५६८,  नेपाल लोकतान्त्रिक पार्टी ५४६, तिलाठी कोइलाडी गाउँपालिकामा काँग्रेस १३०८, राजपा ७९१, फोरम नेपाल २३०, बेल्ही चपेना गाउँपालिकामा काँग्रेस २३२०, एमाले १२४०, फोरमले ११६० मत प्राप्त गरेको छ । 
यसैगरि रुपनी गाउँपालिकामा राजपा १२६१, काँग्रेस ६१९, माओवादी केन्द्र १५०, विष्णुपुर गाउँपालिकामा काँग्रेस १०८५, फोरम ९२०, राजपा ८४०, सुरुङ्गा नगरपालिकामा एमाले ८५९, नेपाल लोकतान्त्रिक पार्टी ६२२, काँग्रेस ५०४, छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति ७७३, फोरम ४४०, राजपा ३३९, तिरहुत गाउँपालिकामा फोरम ९०६, माओवादी केन्द्र ३६३, लोकतान्त्रिक २८६, बलान विहुल गाउँपालिकामा फोरम ५९७, काँग्रेस ४७६, एमाले ३९७, कंचनरुप नगरपालिकामा काँग्रेस ८६६, एमाले ६९९, फोरम ५०९, डाक्नेश्वरी नगरपालिकामा राजपा २१६४, काँग्रेस १८२१, एमाले १४९०, महदेवा नगरपालिकामा फोरम ५२१, नेपाल लोकतान्त्रिक पार्टी ३०९, राजपा २१८, शम्भुनाथ नगरपालिकामा एमाले ७८६, फोरम लोकतान्त्रिक ५६६, कांग्रेसले ४२४ मत प्राप्त गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट