News Category 2074/06/07

फोरम र काँग्रेस चार÷चार, एमाले, राजपा र नयाँ शक्ति एक÷एक स्थानमा अगाडी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
सप्तरीको ११ स्थानिय तहको मतगणना कार्य जारि रहेको छ । १८ स्थानिय तह रहेको जिल्लामा ७ स्थानिय तहको यसअघि नै नतिजा सार्वजनिक भइसकेको छ ।
मतगणना जारि रहेको मध्येमा फोरम नेपाल राजविराज नगरपालिकासहित, बोदेबरसाईन नगरपालिका, बलान बिहुल र महदेवा गाउँपालिका गरि चार स्थानमा अगाडी रहेको छ । 
यस्तै नेपाली काँग्रेस कंचनरुप र सुरुङ्गा नगरपालिकासहित खडक र तिलाठी कोइलाडी गाउँपालिका गरि चार स्थानमा अगाडी रहेको छ । 
यस्तै एमाले शम्भुनाथ नगरपालिका, राजपा हनुमाननगर कंकालिनी नगरपालिकामा र नयाँ शक्ति छिन्नमस्ता गाउँपालिकामा अगाडी रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट