News Category 2074/06/12

१५ मत अन्तरले राजविराजमा राजपा बिजयी, राजपा, फोरम नेपाल र काँग्रेस पाँच÷पाँच, एमाले दुई र नयाँ शक्ति एक स्थानमा बिजयी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।  
सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बिजयी भएको छ ।  
राजपा नेपालका मेयर पदका उम्मेदवार शम्भु यादवले ४७७४ मत .प्राप्त गरि उहाँ बिजयी हुनभयो । उहाँँले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार भिमराज यादवलाई १५ मत अन्तरले पराजित गर्नुभयो । फोरम नेपालका भिमराज यादवले.४७५९ मत प्राप्त गर्नुभयो ।  
यस्तै उपमेयरमा राजपा नेपालकी सधना झाले ५१९५ मत प्राप्त गरि बिजयी हुनुभयो । उहाँको निकटम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले ४२६९ मत प्राप्त गरिन् । 
यस्तै राजविराज नगरपालिकाको १६ वडा मध्ये १, ९, १०, १४ र १६ मा राजपा नेपाल, २, १२, १३, १५ मा संघीय फोरम, ४, ६, ८, ११ मा माओवादी केन्द्र, ५ मा काँग्रेस र ३ र ७ मा स्वतन्त्र उम्मेदवारले बिजयी हासिल गरेका छनु । 
यसअघि सप्तरीमा रहेको १८ वटा स्थानिय तह मध्ये राजपा नेपाल, फोरम नेपाल र नेपाली काँग्रेसले पाँच÷पाँच स्थान तथा नेकपा एमाले दुई र नयाँ शक्ति एक स्थानिय तहमा जित हासिल गरेका छन् । 
सदरमुकाम राजविराज, डाक्नेश्वरी, हनुमाननगर कंकालिनी नगरपालिकासहित तिलाठी कोइलाडी र रुपनी गाउँपालिकामा राजपा नेपाल  बिजयी भएको छ ।  
त्यस्तैे बोदेबरसाईन, सडक नगरपालिकासहित तिरहुत, महदेवा र बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल बिजय भएको छ ।  
त्यस्तै शम्भुनाथ, सुरुङ्गा नगरपालिकासहित अग्नीसाइ कृष्णासवरन, बेल्ही चपेना र बिष्णपुर गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ ।  
त्यसैगरि सप्तकोशी र कंचरुप नगरपालिकामा नेकपा (एमाले) तथा छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टी बिजय भएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट