News Category 2074/06/16

देवनारायण यादव भारतमा पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी पूर्व क्षेत्रपाल एवं समाजसेवि देव नारायण यादव र उनका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली थानाले आईतबार देव नारायण यादव र उनका छोरा अजय कुमार यादवलाई पक्राउ गरेको हो । 
यसअघि शनिबार राति तिलाठीकै दुई जना युवकलाई भारतीय प्रहरीले मदिरा सेवन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका छोडाउन गएको बेला उनीलाई पक्राउ गरेको जनाइएको छ । यद्दपी बाबु छोरा दुबैलाई भारतीय प्रहरीले अपहरण सम्बन्धी मुद्धामा पक्राउ गरेको श्रोतले जनाएको छ ।
स्मरण रहोस् गत वर्ष सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए ।
यता पक्राउ परेका वुवाछोरा दुवैलाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको भारतीय प्रहरीको श्रोतबाट बुझिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट