News Category 2074/06/19

हतियारसहित लक्ष्मण यादव पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
राजविराज नगरपालिका वडा न. १३ स्थित बेल्हीका ५४ वर्षिय लक्ष्मण यादवलाई प्रहरीले अवैध हतियारसहित पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच तथा खानतलाशीको क्रममा यादव सुत्ने कोठाभित्रबाट खाटमा सिरानी मुनी प्लाष्टिकको पोकामा राखिएको पेस्तोल एक थान र सोमा लाग्ने गोली समेत बरामद गरेको जनाएको छ ।
बरामद गरीएका हथियार तथा यादवलाई थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट