News Category 2074/06/20

मुद्दा सुनुवाईमा ढिलाई हुँदा बाबु छोराको जेलबास लम्बियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका १ का देवनारायण यादव र उनको छोरा अजयको मुद्दा सुनुवाईमा ढिलाई हुँदा उनीहरुको कारागारबास लम्विएको छ । 
मुद्दा हेर्ने भारत विरपुर न्यायालयका न्यायिक दण्डाधिकारी लालबहादुर प्रसाद अनुपस्थित रहँदा यादव बाबु छोराको कारागारबास लम्विएको हो ।
मानव अपहरण तथा शरीर बन्धक मुद्दा लागेका बाबु छोरालाई भारतको विरपुर कारागार चलान गरिएको छ । विग पाँच दिनदेखी दुबै जना सोही कारागारमा रहेका छन् । 
विहीवार सार्वजनिक विदा परेकोले अब शुक्रबार मात्र बयानको अध्ययन गर्ने र शनिवार मुद्दा उपर सुनुवाई हुने भएकाले देवनारायण र उनको छोराको रिहाईमा अझ तीन चार दिन समय लाग्न सक्ने अवस्था देखिएको यादवको मुद्दा हेरिरहेका कानून ब्यवसायी प्रभाकर सिंहले जानकारी दिनुभएको छ ।
देवनारायणका परिवारजनले तिलाठी गाउँबाट मंगलवार अपहरित भनिएकी ज्योतीलाई लिएर विरपुर पुगेका थिए । उनले आफ्नो बयानमा आफूलाई कसैले अपहरण नगरेको र अजयसँग प्रेम बसेकाले भागी स्वेच्छाले प्रेम विवाह गरेको बताएकी छिन् । उनले बयानमा दाजु संजीवले कुनौली थानामा पति अजय र ससुरा देवनारायण माथि झुठो अपहरणको मुद्दा लगाएर दुःख दिने प्रयास गरेको समेत उल्लेख गरेकी छिन् । कार्यालय समय सकिन एक घण्टा बाँकी रहँदा बुधबार अदालतका एक कर्मचारीले ज्योतीको बयान लिएका थिए ।
भारतीय प्रहरीले कुनौली बजारकी ज्योती साहको अपहरण गरेको भन्दै उनका दाजु संजीवले थानामा उजुरी दिएपछि देवनारायण र उनको छोरालाई पव्रmाउ गरिएको जनाउँदै आएको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मुकेश सिंह र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामाधार यादव लगातार भारतीय सिमा अधिकारीको सम्पर्कमा रही यादव बाबु छोराको रिहाईका लागि पहल गरिरहेका छन् । तर अदालती प्रकृयामा ढिलाई हुँदा छुटाउन ढिलाई भएको प्रजिअ पाण्डेको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट