News Category 2074/06/21

संघीय समाजवादी फोरम र राजपा नेपालबीच चुनावी गठबन्धन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
दलहरूबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ । 
दुबै पार्टीले शुक्रबार एक संयुक्त विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जनाएको छ ।
  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिइएको छ । 
सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 
फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजातिलगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य गरिनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट