News Category 2074/06/21

अझ झाडापखाला नियन्त्रणमा आएन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
एक महिना अघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकामा झडापखालाको प्रकोप फैलिएको तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । 
झाडापखालाले सो बस्तिका ६ दर्जनभन्दा बढी प्रभावित भएका छन् । बिहीबारदेखी उपचार थालिएको र उपचार कार्य अझ जारि रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले सप्तरीले जनाएको छ । 
पीडितहरु मध्ये मनोज मंडल र उनकी श्रीमती गिताको अवस्था गम्भिर देखिएकोले प्रारम्भिक उपचारपछी बिराटनगर रेफर गरिएको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका शिनियर अहेब गुन्जेश्वर यादवले जानकारी दिनुभयो । 
सो बस्तिमा झाडापखालाको प्रकोप देखिएपछि आवश्यक औषधीसहित चिकित्सक र स्वास्थ्यकर्मी खटाई शिविर समेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । 
उहाँले हालसम्म ९० जनाको उपचार गरिसकेको तथा झाडापखालाको प्रकोप नियन्त्रणमा आउन थालेको दाबी समेत गर्नुभयो । एक महिना अघि बाढी पस्दा पोखरी र ट्युवेलको सतह एउटै भएको, ट्युवेलको पानी ३०÷३० फिटमै रहेको र बाढी पस्दा त्यती बेला किटनाशक औषधी नछर्किएको स्थानियको गुनासो छ । 
तर स्वास्थ्यकर्मीहरुले भने सो बस्तिमा अधिकांश गरिबीका कारण शौचालय न बनाएको तथा खुल्ला स्थानमा दिसापिसाब गर्दा फोहरका कारण पनि झाडापखाला फैलिएको हुन सक्ने अनुमान व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट