News Category 2070/08/12

सप्तरीमा ६ प्रतिशत मत बदर

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ११ मंसीर । 
यही मंसीर ४ गते भएको दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीमा ६ प्रतिशत मत बदर भएको छ । 
मंसीर ४ गते भएको संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको कुल २ लाख ३५ हजार १ सय ६८ मतदान मध्ये १५ हजार ९ सय २६ मत बदर भएको छ ।
क्षेत्र नम्बर १ मा कुल ५४ हजार ८ सय ३६ मतदाता मध्ये ४३ हजार ५ सय ५२ मतदाताले मतदान गरेकोमा ४० हजार १ सय १५ मत सदर र ३ हजार ४ सय ३७ मत बदर भएको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा पनि सो क्षेत्रमा करिब ९ प्रतिशत मत बदर भएको थियो । 
यस्तै क्षेत्र नम्बर २ मा कुल ४५ हजार ७ सय २३ मतदाता मध्ये ३६ हजार ७ सय ४१ मतदाताले मतदान गरेकोमा ३४ हजार ३ सय ७४ मत सदर र २ हजार ३ सय ६७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
त्यस्तै क्षेत्र नम्बर ३ मा ५० हजार ५ सय ८४ मतदाता मध्ये ३५ हजार ६ सय ४१ मतदाताले मतदान गरेकोमा ३२ हजार ६ सय ८४ मत सदर र २ हजार ९ सय ५७ मत बदर भएको छ ।
त्यस्तै क्षेत्र नम्बर ४ मा कुल ४७ हजार ७ सय ८८ मतदाता मध्ये ३९ हजार १ सय ९२ मतदाताले मतदान गरेकोमा ३६ हजार ७ सय ८३ मत सदर र २ हजार ४ सय ९ मत बदर भएको छ भने क्षेत्र नम्बर ५ मा ४८ हजार १५ जना मतदाता मध्ये ३८ हजार ८ सय ६० मतदाताले मतदान गरेकोमा ३६ हजार ३ सय ४४ मत सदर र २ हजार ५ सय १६ मत बदर भएको छ । 
यस्तै क्षेत्र नम्बर ६ मा कुल ४७ हजार ७ सय ९७ मतदाता मध्ये ३८ हजार २ सय २६ मतदाताले मतदान गरेकोमा ३५ हजार ९ सय ८६ मत सदर र २ हजार २ सय ४० मत बदर भएको छ । सप्तरीमा कुल २ लाख ९४ हजार ६ सय ३२ मतदाता रहेकोमा यसपालिको निर्वाचनमा अन्य निर्वाचनको भन्दा बढी ७७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
अघिल्लो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा करिब ९ प्रतिशत अर्थात २३ हजार मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट