News Category 2074/06/22

झुठा मुद्दा लगाएर पक्राउ गरिएको लक्ष्मणकी श्रीमतीको आरोप

दैनिक समाचारदाता

राजविराज÷राजविराज नगरपालिका वडा न. १३ बिषहरीया निवासी लक्ष्मण यादवलाई प्रहरीले जर्वजस्ती घरायसी विवादका कारण हतियारसहित पक्राउ गरेको उनका परिवारजनले आरोप लगाएका छन ।
नेपाल पत्रकार महासंघ राजविराजमा शनिबार पीडितकी श्रीमति चिना देवी यादवले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा पीडितकी श्रीमतिले आप्mनो श्रीमान खेति किसानी गर्दै सामान्य रुपमा जिविकोपार्जन गर्दै आईरहेको तथा हातहतियारसँग कहिले पनि लगाव नभएको बताएकी छिन् । उनले हतियार फेला परेको भनिएको दलान घर खुल्ला अवस्थामा रहेको, ढोका नभएको तथा दिन भरीमा समाजका विभिन्न ब्यक्तिहरु भेटघाटका लागि आउने गरेको बताएकी छिन् । 
उनले विरोधीहरु तथा अपरिचित गुण्डाहरुको टोलीसहित प्रहरी टोली रातिको समयमा घरमा पुगि हतियार फेला पर्नु भन्नु र सो भन्नुभन्दा पहिला नै मेरो पतिलाई धाकधम्की तथा गालिगलौज गरी नियन्त्रणमा लई षडयन्त्रपुर्ण तरीकाबाट फसाउने प्रयास गरेको आरोप लगाईएकी छिन् ।
सोही आयोजित पत्रकार सम्मेलनमा सोही ठाउँका शिब नारायण यादव र उनका दाजुभाईबिच पुरानो रिसिबी तथा घरायसी विवाद रहेको सोही विषयलाई लिएर षडयन्त्रपुर्वक फसाईएको पीडितले बताइन् ।
उनले श्रीमानलाई षडयन्त्रपुर्वक फसाएकाले बिना शर्त अविलम्व रिहा गर्नुपर्ने, सो षडयन्त्रपुर्ण घटनाका योजनाकार राजेन्द्र यादव, शिब नारायण यादव, दिपेन्द्र यादव, देव कुमार यादव तथा सय जय प्रकाश साह र असय अरुण यादव सहितको प्रहरी टोली एवं अन्य अपरिचित ब्यक्तिहरुमाथि छानबिन गरी उच्च स्तरीय न्याययिक छानविन आयोग गठन गर्नुपर्ने, प्रहरी टोली आमजनताको घरमा पुगेर पुग्दा आम जनताले सुरक्षाको अनुभुति गर्नुपर्नेमा प्रहरी नै षडयन्त्रको मतियार भई त्रासको वातावरण श्रृजना गरेकोले सो घटनाको वास्तविक छानबिन गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने माँग गरेकी छिन् । 
उनले पक्राउ परेका निर्दोष श्रीमानलाई अविलम्व रिहा नगरेमा कडा आन्दोलनमा ओर्लने चेतावनी समेत पत्रकार सम्मेलनमार्फत दिएकी छिन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट