News Category 2074/06/23

जिल्लाका सबै नवनिर्वाचित प्रतिनिधिहरु सम्मानित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
सप्तरीको १८ वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई आईतबार सप्तरी युथले सम्मान गरेको छ ।
झण्डै दुई दशकदेखि जनप्रतिनिधि बिहिन रहेको अवस्थामा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमबीच सप्तरी युथ नेपालले सम्मान पत्र, दोसल्लाह र मायाको चिनो प्रदान गरि सम्मानित गरेको हो ।
सम्मानित हुँदै नवनिर्वाचित प्रतिनिधिहरुले जिल्लामा सरसफाई अभियानलाई निरन्तरता दिँदै को विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । 
सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जनक कोइरालाको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा राजविराज नगरपालिकाका साथै सप्तरीका १८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख उपप्रमुख सहितका पदाधिकारीहरुलाई सम्मान गर्नुभएको थियो ।
सप्तरी यूथले विगत एक वर्षदेखी सरसफाई अभियान संचालन गर्दै जिल्ला तथा नगरको विभिन्न स्थानमा सो अभियानलाई निरन्तरता दिदै आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट