News Category 2074/06/23

कुटपिट तथा लुटपाट मुद्दामा कुनै सुनुवाई नभएको पीडितको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
राजविराज नगरपालिका वडा नं. १३ निवासी देवकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उद्योगको जाहेरी दिएपनि हालसम्म कुनै सुनुवाई नभएको गुनासो गरेका छन । 
पीडितले आईतबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन । आयोजित पत्रकार सम्मेलनमा उहाँले राजविराज नगरपालिका वडा न. १३ भेल्ही पिपराही निवासी लक्ष्मण यादव, घनश्याम यादव र बिनोद भनिने रामकृष्ण यादव सहित ५÷६ जनाको समुहले असोज ४ गते राति ११ बजेको समयमा दाजु राजेन्द्र यादव र शिब नारायण यादवको आगँनमा कुटपिट गरेका बताउनुभयो । 
उहाँले सो कुटपिटका क्रममा डेढ तोला सुनको चेन र हातबाट खसेको सामसुङ्ग ग्यालेक्सी ७ मोबाईल र नगद १ लाख ५० हजार समेत लुटेर लगेको बताउनुभयो । सो लगत्तै प्रहरीमा कुटपिट सम्बन्धी जाहेरी दरखास्त दिएपनि प्रहरीले हालसम्म कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।
यसअघि लक्ष्मण यादवलाई प्रहरीले हतियारसहित पक्राउ गरेको कुरा सार्वजनिक गरिसकेको छ । यता पीडितले उक्त घटनामा आफूहरुलाई केही भन्नु नरहेको तर, कुटपिटमा संलग्न अन्य व्यक्तिहरुलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसक्नुप्रति शंका व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट