News Category 2074/06/23

जिससका लागि काँग्रेसले सबै पक्षसँग पहल गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
जिल्ला समन्वय समिति निर्वाचनका लागि ताजा अभिमत पाएका सम्पुर्ण पक्षसँग वार्ताको लागि नेपाली काग्रेसले पहल गर्ने निर्णय गरेको छ ।
काग्रेसका कार्यालय सचिव भुपेन्द्र नारायण यादवले आईतबार एक विज्ञप्ती प्रकाशन गरी सो निर्णय गरेको जनाइएको छ ।
जारी विज्ञप्तीमा काग्रेसका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रिय कार्य समितिले सिफारिस गरी पठाएको नामावली र छुटेका अन्य कार्यकर्ताहरुसँग सल्लाह गरी केन्द्रमा सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरीएको उल्लेख गरीएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट