News Category 2074/06/25

राजविराजको मेनरोडबाट ९ लाख ५० हजार लुटिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 
राजविराजस्थित माइक्रो स्टेण्ड नजिकैबाट मंगलबार एक जना व्यक्तिले बैंकबाट निकालेको ९ लाख ५० हजार रकम लुटिएको छ । 
राजविराज नगरपालिका ९ मलेठस्थित नहरचौक निवासी मोहम्द इजलास मियाँले हार्डवेयर पसल संचालन गर्नको लागि बैकबाट निकालिएको रु ९ लाख ५० हजार रकम लुटिएको हो । 
राष्ट्रिय बाज्यि बैक राजविराज शाखाबाट रकम उठाई सनराइज बैंकमा रकम जम्मा गर्न स्टाम्प बनाउन माइक्रो स्टेण्ड नजिकै रहेको स्टाम्प पसल जाने क्रममा अपरिचित ब्यक्तिले रकम लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
अज्ञात ब्यक्तिले मियाँको ब्यागमा पैसा बौकेका छोराको घाटिमा फोहोर दलेर रकमले भरिएको ब्याग लिएर भागेको पीडितले जनाएको छ । 
राष्ट्रिय बाणिज्य बैकमा हलिमा खातुनको नाममा रहेको १९०२५ नम्बरको खाताबाट निकालिएको रु ९ लाख ५० हजार रकम आउदो दिपावलीमा मलेठस्थित नहरचौकमा हार्डवेयर पसल संचालन गर्ने उद्देश्यले निकालिएको पीडित मियाले बताउनुभयो । 
यसैबिच रकम लुटेको आशंकामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै रकम लुटेर फारार रहेका ब्यक्तिको खोजी कार्य तिव्ररुपमा पारिएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट