News Category 2074/06/30

विश्व हात धुने दिवसमा हात धुने विधी बारे जानकारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज २९, असोज । 
सप्तरी युथ नेपालले विश्व हात धुने दिवसको अवसर पारेर राजविराजमा हात धुने विधीको बारेमा जानकारी गराएको छ । 
स्थानीय शिब मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले हात धोएर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हात धोएर खाना खाए बिभिन्न रोगबाट बाँच्न सकिने भएकाले सबैले हात धुन बिर्सन नहुनेमा जोड् दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादव, अनुसन्धान उप निर्देशक देबराज लिम्बु, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झासहितकाले हात धुँदै हात धुने बानीको विकास गर्नुपर्ने जोड दिनुभयो ।
यस्तै जिल्ला सरसफाई खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिद्वारा हात धुने दिवसको अवसर पारेर तिलाठी–कोइलाडी गाउँपालिकामा पनि कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपलिकाको वडा नम्बर ३ सकरपुरामा गाउँपालिका अध्यक्ष सतिश सिंहको अध्यक्षता तथा पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका प्रमुख महेश खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हात धुने विधीको बारेमा जानकारी गराउँदै प्रत्येक दिन हात धुन आग्रह गरिएको थियो । 
सो अवसरमा आधारभुत विद्यालय मुखिया टोल सकरपुराका प्रत्येक विद्यार्थीहरुलाई साबुन वितरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट