News Category 2074/07/01

ग्लोबलद्वारा सुविधायुक्त एम्बुलेन्स सेवा संचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 
ग्लोबल बहुमुखी संस्था लिमिटेड राजविराजले मंगलवारदेखि सर्वसुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
संस्था परिसरमा मंगलबार आयोजित कार्यव्रmममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय र राजविराज नगरपालिकाकी उपमेयर साधना झाले संयुक्त रुपमा रिवन काटेर सो सेवाको उद्घाटन गर्नुभयो । 
सात सिट र अत्याधुनिक तथा सर्वसुविधायुक्त उक्त एम्बुलेन्समा विरामी बेड, स्ट्रेचर, अक्सिजन सिलिण्डर, कुरुवा सिटर, आकस्मिक उपचार उपकरण लगायतका सेवा उपलब्ध रहेको संस्थाले जनाएको छ । 
संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले जिल्ला मै उक्त सेवा उपलब्ध भएको पहिलो एम्बुलेन्स भएको दाबी समेत गर्नुभयो । 
सोही अवसरमा प्रजिअ पाण्डेयले सामाजिक गतिविधीमा व्रिmयाशील ग्लोबलले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालन गरेर सेवा भावको उच्चतम नमूना पेश गरेको बताउनुभयो ।
यस्तै राजविराज नगरपालिकाका उपमेयर साधना झाले ग्लोबलले मानवीय सेवाका लागि गरिरहेको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै संस्थाको सामाजिक गतिविधीमा उर्जा थप्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन । 
ग्लोबलका संस्थापक अध्यक्ष सुखराम यादवले नाफामूलक भन्दा पनि सेवामूलक कामलाई बढी प्राथमिकता दिएकै कारण २५ जनाबाट शुरु भएको संस्थामा ४० हजार जोडिएको बताउनुभयो । उहाँले यस अघि भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्बुलेन्स पुरानो भईसकेकाले त्यसलाई मर्मत गरी शववाहनको रुपमा प्रयोग गरिने र नगरवासीका लागि शववाहन सेवा निःशुल्क हुने घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्याम सुन्दर यादव, संस्थाका परियोजना प्रमुख उमेश प्रसाद यादव, जनस्वास्थ्यका अधिकृत छेदी यादव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट