News Category 2070/03/02

सप्तरी सरसफाई सम्मेलन शुरु

दैनिक समाचारदाता

राजविराज÷राजविराजमा शनिबारदेखि सप्तरी सरसफाई सम्मेलन शुरु भएको छ ।
सम्मेलनको शनिबार जिल्ला विकास समिति सप्तरीको सभाहलभित्र एक कार्यक्रमकाबीच राष्ट्रिय सरसफाई निर्देशन समितिका अध्यक्ष तथा शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सरसफाईको अभावमा बिरामी बढिरहेको भन्दै सबैले शौचालय बनाएर प्रयोग गर्नुपर्नेमा जोड् दिनुभयो ।
सरकारको लक्ष्य आगामी सन् २०१७ सम्म मुलुकको हरेक घरमा शौचालय बनाउने लक्ष्य लिएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड् दिनुभयो । शौचालयमा दिशापिसाव गरेर वातावरणलाई स्वच्छ राखिए व्यक्ति स्वस्थ्य रहने बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा फोहोरमैला व्यवस्थापनका विविध पक्ष, सरसफाई गुरुयोजना २०६८ को नीतिगत प्रावधान तथा कार्यान्वयनको अवस्था, स्थानीय निकायको अगुवाईमा सरसफाई अभियान, खुल्ला दिशामुक्त अभियानमा राजनीतिक दलको योदानका सम्भावनाहरुसहितका बिषयमा प्रस्तुतिकरण गरिनेछ ।
मोरंग जिल्लालाई खुला दिशामुक्त क्षेत्र बनाउन गरिएको प्रयासका दृष्टान्तहरु समेत प्रस्तुत गरिएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रिय सरसफाई समन्वय समितिका सदस्य तथा संघिय मामिला तथा स्थानीय जिकास मन्त्रालयका उप सचिव रमेश अधिकारी, खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई इकाई प्रमुख रामचन्द्र साह, यूनिसेफ केन्द्रका नमस्तेलाल श्रेष्ठ, खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सल्लाहकार तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटासहितका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभयो ।
सम्मेलनमा सप्तरीको १ सय १४ वटै गाविसका सचिव, राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कर्मचारीहरु, संचारकर्मीहरुसहितको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट