News Category 2074/07/06

म्यादी प्रहरी भर्नाका लागि परिक्षा सुरू

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 
सप्तरीमा म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएकाहरूका लागि आईतबारवाट शरीरिक परिक्षा सुरू भएको छ । 
मँसिर २१ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि म्यादी प्रहरी भर्ना लिन लागिएको हो ।
जिल्ला प्रहरी कार्यलय सप्तरीले म्यादी प्रहरी भर्नाका लागि प्रयोगात्मक परीक्षा संघिय प्रहरी ईकाई कार्यलय राजबिराज, रंगशाला र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र मलेठमा राखिएको छ ।
चुनाव शान्तिपुर्ण सम्पन्न गराउनका लागि सप्तरीवाट ३ हजार १ सय ६० जना म्यादी प्रहरी भर्ना लिने सप्तरी प्रहरी प्रमुख मुकेश कुमार सिँहले जानकारी दिनुभयो ।
पहिलो चरणमा म्यादी प्रहरी भर्नाको लागी ब्यारिँग, उचाई, वेट, मेडिकल, दौड, सेटअप, पुसअप जस्ता शारिरिक अभ्यास लिने प्रहरी उपरिक्षक सिहले बताउन्ुभयो ।
सप्तरीमा म्यादी प्रहरी भर्नाका लागी १२ हजार ४८ जनाले आवेदन दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट