News Category 2074/07/07

फोरम नेपाल क्षेत्र नम्बर २ को भेला सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सङ्घीय समाजवादी फोरम नेपाल प्रतिनिधीसभा निर्बाचन क्षेत्र नम्बर २ सप्तरीको अगुवा नेता तथा कार्यकर्ता भेला सोमबार राजबिराजमा सम्पन्न भएको छ । 
फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं राजनीतिक समिती सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेताहरुले राजपासँग तालमेल गरेर चुनाब लड्ने बताएका छन । 
भेलालाई प्रमुख अतिथी साह, केन्द्रियहरु सदस्य उमेश यादब, सुर्यनाथ यादब, दिपक कुमार यादब (टुटु बाबु), तराई मधेश प्रदेश समितीका मुख्य सचिब शम्भु झा तराई मधेश प्रदेश समिती सदस्य यूसुफ अलिले सम्बोधन गर्नुभएको थियो । 
आगामी प्रतिनिधी र प्रदेश सभाको चुनाबी रणनीति तय गर्ने उदेश्यले आयोजित भेलाबाट प्रदेश सभा निर्वाचन क्षेत्र भेला, नगर तथा गाउँपालिका भेला गरी चुनाबी गतिबिधीलाई तिब्रता दिने लगायतको महत्वपुर्ण निर्णयहरु गरेको जनाएको छ । 
भेलामा निर्बाचन क्षेत्र नम्बर २ अन्तरगतका मेयर, उपमेयर, सहितका पार्टीका अगुवा नेता कार्याकर्ताहरुको उपस्थीती रहेको फोरम नेपाल सप्तरीका सहसचिब बृजमान तामाङले जानकारी दिनुभयो ।                            

प्रतिकृया दिनुहोस

ताजा अपडेट