News Category 2074/07/07

सप्तरी क्रिकेट संघमा पुरानै कार्यसमितिलाई निरन्तरता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सप्तरी क्रिकेट संघको सोमबार सम्पन्न तेस्रो साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै केहि नयाँ सदस्यलाई थप गरेको छ ।
सो सभाले अध्यक्षमा शैलेश चौधरी, उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई यथावत राखेको छ ।
त्यसैगरि सदस्यहरुमा राजेश कुमार झा, चन्दन कुमार यादव, तुलानाथ माझी, मनोज कुमार साह, बिरेन्द्र यादव, सतिश कुमार दत्त, रंजित चौधरी, सतिश कुमार सिंह, रबी राय, अनवर अली, निरज सिंह र बिरेन्द्र कुमार यादवलाई चयन गरेको छ ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले साधारणसभाको उद्घाटन गर्दै राजविराजमा चाँडै मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा क्रिकेट संघका संस्थापक सदस्य जितेन्द्रनारायण देव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गासहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट