News Category 2074/07/09

फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
अन्ततः विभिन्न अड्कलबाजीका बाबजुद संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आप्mनो जन्मथलो सप्तरीबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिने भएका छन् । 
संघिय समाजवादी फोरम नेपाल २ नम्बर प्रदेशका मुख्यसचिव शम्भु झाले अध्यक्ष उपेन्द्र यादव सप्तरी २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागी उम्मेदवार हुनुहुने जानकारी दिनुभएको हो । 
सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता गाउपालिका, महदेवा गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका पर्दछन् । सप्तरी २ नम्बर क्षेत्रमा झण्डै ८६ हजार मतदाता रहेका छन् । 
पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए । 
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणासँगै अध्यक्ष यादव कहाँबाट निर्वाचनमा उठ्ने चर्चा परिचर्चा शूरु भएको थियो । उनलाई २ नम्बर प्रदेशको पर्सा, सिरहा र सप्तरी तथा प्रदेश नम्बर १ को मोरंग र सुनसरीबाट प्रतिनिधी सभाका लागी जिल्लाका नेता तथा कार्यकर्ताले उ्रम्मेदवारी दिन सिफारिस तथा आग्रह समेत गरेका थिए । 
तर, अध्यक्ष यादव सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा हिजो मात्र सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन लडने निधो गरेका हुन् । सप्तरी २ नम्बर क्षेत्रको प्रदेशसभा २ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने पनि निश्चित भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट