News Category 2074/07/09

राजविराजका जनप्रतिनिधीको सुस्तीले नगरवासीको सपना ...

दैनिक समाचारदाता

दीपककुमार गुप्ता
राजविराज, ८ कात्तिक । 
राजविराज नगरपालिकाका स्थानीय जनप्रतिनिधीहरु निर्वाचित भएको एक महिना पुग्दा पनि नगरप्रमुुुख, उपप्रमुख लगायतका जनप्रतिनिधीले स्थानीय बुद्धिजीवी तथ सरोकारवालाहरुसंग छलफल गरी नगरका समस्या, समाधान र चुनौती तथा नगर विकासका लागी यथासिघ्र, अल्पकालिन, दिर्घकालिन (मास्टर प्लान) बनाउने तर्फ कुनै अग्रसरता सतहमा देखिएको छ्रैन । 
२० वर्षपछि स्थानीय तहको निर्वाचन मार्फत राजपाबाट निर्वाचितद्वय प्रमुख र उपप्रमुख नयाँ अनुहार हुन् । यीनीहरुको विजयीसंगै राजविराजवासी उत्साही भएका थिए । तर, यस १ महिनाको अवधीमा कुनै विकासीय योजना कागजमा मात्र पनि नआउनुले नगरवासीको उत्साहमा कमी आउनुका साथै चिन्तित देखिएका छन् । 
अहिलेको स्थानीय तहको संरचना र कानुन अनुसार नगरपालिकाको उपप्रमुखले न्याय सम्पादन देखी हरेक विकासीय कार्यमा संलग्न गराएको छ । तसर्थ पुरानो नगरपालिकाको समस्यासंग उपप्रमुख साधना झा प्रमुख शम्भु यादव भन्दा बढी संवेदनशिल तथा जिम्मेवार हुनु पर्दछ । 
मधेश आन्दोलनको राग र तापले प्रमुख यादव र उपप्रमुख झा निर्वाचित भएका हुन तर, पुर्व प्रमुखहरु भन्दा भिन्न कार्यशैलि र सोच नगरवासीले महशुस गर्न सकेका छ्रैनन् । आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत यहाँको निर्वाचित जनप्रतिनीधीहरुको भुमिकाले निर्वाचनलाई प्रभावित पार्ने हेक्का राख्न सक्नु पर्दछ । 
नेपालको पहिलो तथा टाउन प्लानिङ्ग भएको नगरपालिका राजविराजका नगरवासीहरु ज्यादै आशावादी, शान्त र क्षम्य शोभाका देखिएका छन् । तर, उनीहरुको आक्रोश फुट्दा हिरो भएका नेताहरु रातारात जिरो समेत भएका छन् । अहिलेका प्रमुख र उपप्रमुखको जिम्मेवारी नगरविकास संगसंगै मधेशवादीहरुलाई आगामी निर्वाचनमा निर्वाचित गराउनु पनि हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका महासचिव मनिषकुमार सुमन राजविराज नगरपालिका क्षेत्र समेटिएको सप्तरी क्षेत्र नम्बर २ प्रतिनिधी सभा र प्रदेश सभामा क्रमशः उठ्दै छन् । 
त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति चर्चाको केन्द्र बिन्दुमा रहेको राजविराज नगरपालिकाका मेयर उपमेयरको चुनावी थकाई पक्कै पनि समाप्त भएकै हुनु पर्दछ र आप्mनो उर्जा नगर विकासका लागि खर्चिनु पर्छ । अन्यथा समय कसैलाई पर्खदैन, नगरवासीको सपना पुरा नहुने भए जनप्रतिनिधीको सपना जनताको हुरी र वतासले उडाउने छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट