News Category 2074/07/09

छठपर्वका लागि पोखरी सरसफाई गरी पूजाघाट सजाउँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
दशमी, दीपावली र भाइटिका सकिए लग्तै छठपर्व सुरु भएपछि सप्तरीको राजविराजसहित जिल्लाको बिभिन्न ताल तलाउ, खोला र नदीहरुमा बुधबार सरसफाई गर्दै पूजाघाट बनाउने कार्य तिव्र रुपमा सुरु भएको छ । 
हर्षोल्लासका साथ छठ पर्व मनाउनको लागि भक्तजनहरुले सप्तरीको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउनका लागी बिहानेदेखि सरसफाईमा जुटेका छन ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा बर्षौदेखि थुपारीएको फोहोरहरुलाई सफा गरि आज अस्ताउदो सुर्यको अर्घ दिनको लागि बिहानैदेखि घाटको सरसफाई एवम घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज ३ निवासी बिजय रजकले बताउनुभयो ।
यहाँ सफा गरिएको पोखरीहरुमा कागज, केराको थम र अशोक पात तथा बिद्युतीय बत्तिबाट सजाउने कार्य समेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरी र सुनसरीको सिमानामा रहेको भारदहस्थित सप्तकोशी ब्यारेजमा पनि बिहानैदेखि सफाई तथा सजाउने कार्य भइरहेको स्थानिय बिरेन्द्र प्रमाणीले जानकारी दिनुभयो ।
यहाँ खास गरि भारतको सुपौल जिल्लाको बिरपुर भिमनगर लगायत बिभिन्न शहरका ब्यक्तिहरु छठ पर्व प्रत्येक बर्ष मनाउनको लागि आउने गरेको बताइउको छ । 
यस्तै ग्रामीण क्षेत्रका जलाशयहरुमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएको स्थानियले जनाएका छन् । 
परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको कामनाका लागि मनाइने यो छठपर्व यस वर्ष भोली साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट