News Category 2074/07/08

छठ पर्वमा केराको व्यापारमा बृद्धि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक । 
मंगलबारदेखि सुरु भएको छठ पर्वको अवसरमा स्थानीय बजारहरुमा केराको कारोबारमा निकै बृद्धि भएको छ ।
छठ पर्वमा केरा र त्यसको घरी अनिवार्य रुपमा चढाउनु पर्ने भएकोले सप्तरी जिल्लामा केराको बिक्रि बितरणमा निकै बृद्धि भएको ब्यापारीहरुले बताएका छन ।
सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, बोदेबर्साईन कंचनपुर, फत्तेपुर, हनुमानगर लगायतका वजारमा केराको कारोबार बढेको पाइएको छ ।
छठमा केरा आवश्यक रहेकोले छठमा हरेकले केराको घरी किन्ने भएकोले केरा ब्यापारमा बृद्धि भएको केरा ब्यापारी शिवचरण मण्डलले बताउनुभयो । 
अहिले राजविराज बजार लगायत बिभिन्न बजार तथा ग्रामीण बजारमा केरा खरीद गर्नेहरुको भिंड देखिएको र बजारहरुमा केराकै जहा त्यहाँ बिक्रिबितरण भइरहेको छ । 
सप्तरीको भारदहस्थित कोशी पलारमा लगाएको सयौ बिगहा केरा खेतीमै केरा बिक्रि बितरण तिव्ररुपमा भइरहेको केरा ब्यवसायी दिनेश राउतले बताउनुभयो । 
प्रति केरा घरी ५ सय देखि ८ सय सम्ममा बिक्रि बितरण भइरहेको जानकारी दिदै ठुलो खालको केराको घरी भने एक हजार सम्ममा बिक्रि बितरण हुने गरेको ब्यापारीहरु बताउछन । सप्तरी जिल्लामा छठ पर्वको अवसरमा बिभिन्न बजारमा गरि करिब करोडोको केरा विक्री भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट