News Category 2074/07/11

सप्तरीबाट मेधशी दलका “हेभीवेट” नेताहरु चुनावी मैदानमा, फोरम अध्यक्ष यादवसँगै राजपा उपाध्यक्षद्वय तथा महासचिवद्वय चुनावी प्रतिष्पर्धामा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 
प्रतिनिधीसभा र प्रदेशसभाको समानुपातिक तर्फको उम्मेदवार मनोनयनसँगै चुनावी सरगर्मी बढेको छ । 
सप्तरीमा फोरम र राजपाको तालमेल हुने निश्चित भएदेखी नै आम मतदाता उत्साहित भएका छन भने केही आकाँक्षी उम्मेदवारहरुमा त्यति उत्साह देखिदैन् किन भने उनीहरु राष्ट्र र पार्र्टी भन्दा ब्यक्तिगत स्र्वाथमा लिप्त रहेका छन् । 
यस पटकको निर्वाचनमा मधेशवादी दलका प्रमुख नेताहरुको रोजाई सप्तरी परेदेखि नै यहाँका स्थानीय नेताहरुमा एक किसिमले छटपटी देखिन्छ भने आम कार्यकर्ताहरुमा उत्साह र उमंग देखिएको छ । 
स्थानीय तहको निर्वाचनमा आन्दोलनको राप र तापले गर्दा केही जातिय समिकरणहरु सप्तरीमा भंग भएको थियो । तर, अहिले पुनः जातीय नारा उचालेर योग्य, क्षमतावान र राष्ट्रिय उचाई प्राप्त गरेका नेताहरुलाई निर्वाचनमा सहभागि हुनबाट बिमुख गर्ने प्रयास समेत गर्न थालिएको छ । 
सप्तरी जिल्लामा प्रतिनिधीसभाका ४ र प्रदेशसभाका ८ सिट रहेका छन् । राजपा र फोरमबीच तालमेल हुदा प्रतिनिधीसभाका २÷२ र प्रदेशसभाका ४÷४ सिट बाँडफाड हुने सम्भावना देखिन्छ । 
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका महासचिव राजकुमार लेखी र वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव प्रतिनिधी सभाको उम्मेदवार हुने रुची देखाएसंगै यहाँको राजनीति तापमान ह्वात्तै बढेको छ । 
त्यसै गरी प्रदेशसभाका लागी राजपाका उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिषकुमार सुमन, सहमहासचिव गजेन्द्रकुमार मण्डल, फोरमबाट राजनीति समितीका सदस्य शैलेन्द्र प्रसाद साह, चन्द्रकान्त चौधरी, विनोद चौधरी र अभिषेक प्रताप यादवको उम्मेदवारी सुनिश्चित देखिएको छ । यो संगै सप्तरीमा मधेशी पार्टीबाट अधिकाँश युवा उम्मेदवारको उम्मेदवारी पर्ने देखिन्छ । 
राजपामा राजकुमार लेखीको आगमनसंगै मधेशी र थारुबीच बलियो राजनीतिक समिकरण बनेको छ । सप्तरीका थारुहरु मधेशी पार्टीसंग आबद्ध हुन थालेदेखी राष्ट्रिय पार्टी नेपाली काँग्रेस, एमाले र माओवादीको टाउको दुखाई भएको छ । 
प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा राजपा र फोरमका संयुक्त उम्मेदवारका रुपमा राजकुमार लेखी, क्षेत्र नम्बर २ बाट फोरमका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ४ बाट मृगेन्द्रकुमार सिह यादवको उम्मेदवारी चर्चा संगै मधेशवादी पार्टीले सप्तरीको सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने आकलन गर्न थालिएको छ । 
उपेन्द्र यादवको आफ्नो जन्मथलो सप्तरी प्रवेश संगै यहाँको राजनीति तरंगित भएको छ । मधेशका मसिहा गजेन्द्र नारायण सिहको निधनसंगै राष्ट्रिय राजनीतिमा निर्णायक भुमिकामा सप्तरीका नेताको कमी महसुस भएको थियो । तर, उपेन्द्र यादवको आगमनसंगै सो पुृरा हुने देखिन्छ । 
त्यसैगरी राष्ट्रिय नेताको रुपमा स्थापित राजकुमार लेखी र मनिष सुमनको चर्चासंगै सप्तरीले राष्ट्रिय राजनीतिमा आफ्नो महत्वपुर्ण भुमिका खोजेको पनि प्रष्ट छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट