News Category 2074/07/12

एकै परिवारका पाँच र ससुरालीका तीन गरि आठको मृत्यु, चार छोरीहरु पनि दुर्घटनामा परे

दैनिक समाचारदाता

राजविराज÷छठ पर्व मनाएर आफ्नो जन्म थलो छाडेर कर्मथलो तर्फ प्रस्थान गरेका सप्तरीका एकै परिवारका पाँच जनाको अकालमै मृत्यु भएपछि अहिले परिवारजन शोकाकुल छन् । 
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका पण्डित रमानाथ झाका छोरा संजित कुमार झासहित उनका सम्पूर्ण परिवारको शनिबार बिहान बस दुर्घटनामा दुःखद निधन भएको छ । 
उनीसँग उनकी श्रीमती सिम्मि कुमारी झा, छोरा अभिनव झा, छोरी प्रतिक, उनका भाई अन्जित झा, सालो आदित झ, साली पुजा झा र सासु समेतको सोही दुर्घटनामा निधन भएको छ । 
एकै परिवारको पाँच र सुसुराली पक्षका तीन जनाको निधन भएकोप्रति सिंगो तिलाठीवासी अहिले शोकाकुल भएका छन् । 
संजित झा नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहका कर्मचारी थिए । उनी सप्तरीको कंचनरुप नगरपालिकास्थित नेपाल बैंकको कंचनपुर शाखामा कार्यवाहक प्रमुख समेत भएर कार्य गरेका थिए । 
यस्तै सप्तरीकै अर्काे बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीको परिवारमा पनि यो बस दुर्घटनाको खबरले मर्माहत बनाएको छ । 
काभ्रेमा शिक्षण पेशा गर्दै आएका प्रमाणीकी छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा सोही दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
छठ पर्व मनानउ आएका प्रमाणीले छोरीहरुलाई बसमा चढाएर आफू र पत्नी मोटरसाइकलमा जाने सोच बनाएका थिए तर सो घटनाको खबर आएपछि अहिले उनी शाकेमा डुबेका छन् ।  
यस्तै दुर्घटनामा मृत्यु भएका बेल्ही चपेना गाउँपालिका ३ नर्घाेका रमानन्द यादव पनि काठमाडौंमा अध्ययन गर्दै आएका थिए । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश काठमाडौंमा अध्ययन गर्ने र काम गर्नेहरु छन् । जिल्लाका एक दर्जन व्यक्तिले ज्यान गुमाएपछि सप्तरी शोकमा परेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट