News Category 2070/08/14

अब “क्लिन” सप्तरी बनाउ“छौ ः एमाओवादी नेता यादव

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ मंसिर । 
संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटा क्षेत्र मध्ये तीन वटा क्षेत्रमा  बिजयी हासिल गरेको एकिकृत नेकपा माओवादीले बिहीवार राजविराजमा बिजयी जुलुश तथा कृतज्ञता समारोह आयोजना गरेको छ । 
एकिकृत नेकपा माओवादी सप्तरीको आयोजनामा भएको बिजयी जुलुशमा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सभासद् अशोककुमार मण्डल (अमर) र सप्तरी क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित सभासद् उमेश कुमार यादव (अजय) को सहभागिता रहेको थियो ।
एकिकृत माओवादीको पार्टी कार्यालय अगाडीबाट निस्केको बिजयी जुलुशले जनआन्दोलन चौक, राममन्दिर, अदालतरोड हुँदै जनआन्दोलन चौकमा पुगेर कृतज्ञता समारोहमा परिणत भएको थियो । 
जनआन्दोलन चौकमा आयोजित कृतज्ञता समारोहमा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित सभासद् उमेश कुमार यादवले जनताको चाहना बमोजिमको संबिधान निर्माणसँगै सप्तरीलाई क्लिन जिल्लाको रुपमा बिकास गर्ने उद्घोष गर्नुभयो । 
आफुहरुले कुनै किसिमको भ्रष्टाचार नगर्ने उद्घोष गर्दै उहाँले हामीले कुनै किसिमको भ्रष्टाचार वा नातावाद कृपावाद नगर्ने बताउनुभयो । 
सो समारोहमा एमाओवादीका अर्का केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सभासद् अशोकुमार मण्डल (अमर) सहभागि भएपनि अस्वस्थताका कारण केही बोल्नुभएन् । 
सो क्रममा बिभिन्न संघ संगठन, नागरिक समाज, पेशाकर्मी लगायतले नवनिर्वाचित सभासद्हरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेका थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट