News Category 2074/07/14

पूर्व क्याम्पस प्रमुख झाको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झाको सोमबार उपचारका क्रममा निधन भएको छ । 
लामो समयदेखी बिरामी रहनुभएका ७५ वर्षिय डा. झाको जनकपुरस्थित अस्पतालमा निधन भएको हो । 
उहाँ क्याम्पसमा अंग्रेजी विषयको प्राध्यापक हुनुुहुन्थ्यो भने उहाँ सगरमाथा साहित्य परिषद्का पूर्व अध्यक्ष तथा मैथिली साहित्य परिषद्सँग समेत आवद्ध हुनुहुन्थ्यो । 
उहाँको दुई छोरी र एक छोरा छन् भने छोरा विदेशमा रहेका छन् । उहाँले अंग्रेजी र मैथिली भाषामा विभिन्न पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट