News Category 2074/07/14

विद्यापती स्मृती पर्व स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
प्रत्येक वर्ष मैथिली भाषाको महाकवी विद्यापतीको स्मृती दिवसको अवसरमा मैथिली साहित्य परिषदद्वारा मनाउँदै आईरहेको विद्यापती स्मृती पर्व २०७४ यस वर्षको लागि अर्को सूचना प्रकाशित नहुन जेल सम्मको लागि स्थगित गरिएको छ । 
परिषद्का अध्यक्ष अशोक झाद्वारा सोमबार जारि विज्ञप्तिमा कात्तिक ११ गते राजविराजवाट काठमाण्डौं गईरहेको संदेश डिलक्स वस त्रिशुलीमा दुर्घटना हुँदा सप्तरीका २७ जनाको ज्यान गएको घटनाले मर्माहित भएको भन्दै स्मिृती पर्व स्थगित गरिएको जनाउनु भएको हो । 
विज्ञिप्तमा परिषदले विद्यापती पर्व रहेको १६ गते भने साँझ ५ वजे स्थानिय शहिद दशन चोकमा मैनवती प्रज्वलन गर्ने जनाएको छ । 
साथै विज्ञप्तिमा परिषदले दुःखद यसको घडीमा मृतकको आत्माको चिर शान्तीको लागि कामना र शोकाकुल परिवारजन प्रति साहनभुती समेत जनाउँदै बस दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट