News Category 2074/07/15

फोरम अध्यक्ष सप्तरी प्रतिनिधिसभा २ बाट उम्मेदवार, फोरमले २ प्रतिनिधिसभा, ३ प्रदेशसभा र राजपाले २ प्रतिनिधिसभा र ५ प्रदेशसभा क्षेत्रबाट उम्मेदवारी दिने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
संघीय समाजवादी फोरमले २ नं. प्रदेशसहित प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।
फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । फोरमले मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।
यता फोरम नेपाल र राजपाबीच भएको सहमति अनुसार सप्तरीको ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ प्रदेशसभा क्षेत्र मध्ये प्रतिनिधिसभा क्षेत्र नं. १ र २ तथा प्रदेशसभातर्फ प्रतिनिधिसभा क्षेत्र नं. २ को २ र ४ को १ र २ मा फोरमले आफ्नो उम्मेदवार तय गरेको छ । 
जसअनुसार फोरमले प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. १ मा डा. सूर्यनारायण यादव, २ मा फोरम अध्यक्ष उपेन्द्र यादव, सोही क्षेत्रको प्रदेशसभा २ मा शैलेन्द्र प्रसाद साह र प्रतिनिधिसभा क्षेत्र नं. ४ को १ मा बिनोद चौधरी र २ मा अभिषेक यादवलाई उम्मेदवार बनाएको छ । 
यस्तै राजपा नेपालको भागमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ र २, २ को २, क्षेत्र नं. ३ सहित प्रदेशसभा १ र २ तथा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएको छ । यद्दपी राजपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । 
यस्तै सिरहा १ मा राजलाल यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट