News Category 2074/07/15

क्षेत्रिय अध्यक्षले अनसन तोड्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
टिकट बितरणमा असन्तुष्टि जनाउँदै शनिबारदेखी अनसनमा बसेका राजपा सप्तरीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले मंगलबार अनसन तोडेका छन् । 
उनलाई राजपाका नेता जयप्रकाश ठाकुरले जुस खुवाएर अनसन तोडाएका हुन् । 
क्षेत्रिय अध्यक्ष यादवले अनसन तोड्दै आफू सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका छन् । 
यसैबीच टिकट वितरणमा असन्तुष्टि जनाएका अर्का राजपा नेता जयप्रकाश ठाकुर समेतले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने श्रोतले जनाएको छ । 
यसअघि राजपा र फोरमबीच भएको चुनावी तालमेलमा प्रतिनिधिसभा क्षेत्र नं. २ फोरमको पक्षमा परेको छ भने  प्रदेशसभा २ राजपाको पक्षमा परेको छ । 
यद्दपी २ नं. बाट प्रतिनिधिसभामा फोरम अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी टुङ्गो भइसकेको छ भने २ को २ बाट प्रदेशसभामा राजपा महासचिव मनिष सुमनको लगभग पक्का रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट