News Category 2074/07/15

एमाले केन्द्रिय सदस्य प्याकुरेललाई उम्मेदवार बनाउनपर्ने माँग राख्दै युवा नेताद्वारा आमरण अनसन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनु पर्ने माँग गर्दै मंगलबारदेखी नेकपा एमाले सप्तरी पार्टी कार्यालयमा युवा नेताहरु अनसनमा बसेका छन् । 
एमाले सप्तरी सदस्य एवं नगर सहइन्चार्ज अखिलेश झा, जिल्ला सदस्य दुर्गानन्द ठाकुर, जिल्ला सदस्य एवं नगर सहसंयोजक सलिम राइन, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजक र अनेरास्ववियुका केन्द्रिय सदस्य सुनिल कुमार झा अनसनमा बसेका हुन् । 
एमाले र माओवादीबीच भएको चुनावी गठबन्धनमा प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. १ माओवादी केन्द्रको भागमा परेको छ । सो क्षेत्रबाट माओवादी केन्द्रका अशोक कुमार मण्डलले उम्मेदवारी तय भएको छ ।  मण्डल निर्वतमान सांसद हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट