News Category 2074/07/16

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक । 
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । 
सप्तरीमा एमाले माओवादीको बाम गठबन्धन, राजपा फोरमको चुनावी गठबन्धन र काँग्रेसका उम्मेदवारहरुले आ–आफ्नो  उम्मेदवारी दर्ता गराउँदैछन् । 
जस अन्तरगत सप्तरीमा बाम गठबन्धनबाट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माओवादी केन्द्रका अशोक मण्डल, राजपा फोरमको गठबन्धनबाट डा. सूर्यनारायण यादव, क्षेत्र नं. २ बाट बाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादव, राजपा फोरम गठबन्धनबाट फोरमका अध्यक्ष उपेन्द्र यादव, काँग्रेसका तर्फबाट रन्जित कर्ण र राजपाका बागि उम्मेदवार जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदै छन् । 
त्यस्तै ३ बाट राजपा फोरम गठबन्धनबाट डा. पशुपति चौधरी, बाम गठबन्धनबाट ताराकान्त चौधरी, त्यस्तै क्षेत्र नं. ४ बाट बाम गठबन्धनबाट स्वतन्त्र उम्मेदवार मो. इस्लाम, राजपा फोरम गठबन्धनबाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले उम्मेदवारी दिँदैछन् । 
यसैगरि क्षेत्र नं. १ बाट बामगठबन्धनका प्रदेशसभा १ बाट एमालेका सत्यनारायण मण्डल, २ बाट माओवादीका मोहमद सकिल, २ को प्रदेशसभा १ बाट राजपा फोरम गठबन्धनबाट शैलेन्द्र प्रसाद साह र २ बाट राजपा महासचिव मनिष सुमन, बामगठबन्धनका तर्फबाट प्रदेशसभा १ बाट मओवादीका सरोज मण्डल र २ बाट महेश प्रसाद यादवले उम्मेदवारी दिने जनाइएको छ । 
त्यस्तै क्षेत्र नं. ३ बाट प्रदेशसभा १ बाट बामगठबन्धनका  तर्फबाट एमालेका मो. साकिर मस्जिद, राजपा फोरम गठबन्धनका बिक्कि यादव, प्रतिनिधिसभा क्षेत्र नं. ४ को प्रदेशसभा १ मा राजपा फोरम गठबन्धनका बिनोद चौधरी, बामगठबन्धनका माओवादीबाट शशीप्रसाद यादव र २ मा राजपा फोरम गठबन्धबाट फोरमका अभिषेक यादवलाई उम्मेदवार दिने जनाइएको छ ।  
यती बाँकी रहेको क्षेत्र र प्रदेशसभा क्षेत्रहरुमा पार्टीहरुले अझै उम्मेदवारी टुङ्गो लगाउन सकेको छनै् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट